२४ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन कटिबद्ध रहेको बताएकी छिन् ।
सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सरकारको मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गरिन् ।
निर्वाचनलाई समयमा सम्पन्न गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लागि पर्न पनि उनले सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी छिन् ।
‘हामी जेन–जी आन्दोलनको क्रममा अव देशमा आमुल परिवर्तन ल्याउनुपर्छ । र, हाम्रो सुशासन र भ्रष्टाचार विरुद्धको एउटा म्यान्डेट लिएर आएको हो । तर हाम्रो मुख्य म्यान्डेट चाहीँ निर्वाचन गर्ने हो,’ मन्त्री गौतमले भनिन्, ‘फागुन २१ गते हामीले निर्वाचन गर्नुपर्छ । त्यसका लागि हामीले देशमा सकारात्मक वातावरण बनाउनु पर्छ । नेपाल सरकार शान्ति सुरक्षाको प्रवन्ध गरेर निर्वाचन समयमा होस भन्नेमा कटिबद्ध छ ।’
नेपाल सरकार शान्ति सुरक्षाको प्रवन्ध गरेर निर्वाचन समयमा होस् भन्नेमा कटिवद्ध रहेको मन्त्री गौतमको भनाइ थियो ।
मन्त्री गौतमले वर्तमान सरकारले जेनजी आन्दोलनले दिएको म्यान्डेटअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको बताए ।
आधारभुत अस्पताल, स्वास्थ्य चौकीलगायतका स्वास्थ्य सेवा संस्थाहरुमा नि:शुल्क रुपमा उपलब्ध गराइएको औषधिहरुको वितरण कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन पनि स्थानीय सरकारलाई सचेत गराए ।
‘म स्थानीय सरकारका प्रतिनिधिहरुलाई पनि भन्न चाहन्छु–नेपाल सरकारले संविधानप्रदत्त जुन नि:शुल्क स्वास्थ्यको अधिकार छ । त्यो कानून बमोजिम पाउनेमा आधारभूत स्वास्थ्य सेवा प्याकेज बनाएर नेपाल सरकार इमप्लिमेन्ट गरेको छ । त्यो सबैले नि:शुल्क पाउनुपर्छ,’ उनले भने, ‘प्रत्येक स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र आधारभुत अस्पतालको तहसम्म त्यो नि:शुल्क छ । त्यो विमा भित्र पनि पर्दैन । त्यो हामीले प्रष्ट बुझौं । र यो काम हाम्रो स्थानीय सरकारको जिम्मेवारी हो ।’
प्रतिक्रिया 4