+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
८९ बलमा १३४ रन आवश्यक
विराटनगर किंग्स 2025
27/2 (5.1)
Shares

स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतले गरे भेट

मन्त्रालयमा भएको भेटका क्रममा दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमसँग भारतका राजदूत नवीन श्रीवास्तवले १२ मंसिर काठमाडौँमा शिष्टाचार भेटघाट गरेका छन्।
  • भेटमा दुई देशबीचको ऐतिहासिक मित्रता र स्वास्थ्य क्षेत्रमा द्विपक्षीय साझेदारीलाई दिगो बनाउने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
  • मन्त्री गौतमले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र प्रवासी श्रमिकको स्वास्थ्य सुधार प्राथमिकता रहेको बताइन्।

१२ मंसिर, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेटघाट भएको छ ।

मन्त्रालयमा भएको भेटका क्रममा दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

भेटमा मन्त्री गौतमले नेपाल–भारतबीचको सम्बन्ध गहिरो रहेको र स्वास्थ्य क्षेत्रमा भारतले गरेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

साथै उनले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधि प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सुधार मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताइन्।

राजदूत श्रीवास्तवले भारत–नेपाल सम्बन्धको महत्व दोहोर्याउँदै राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नतिका लागि भवन निर्माण, आवश्यक उपकरण र जनशक्तिको तालिममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?