+
+
Shares

उदयरपुरमा बोलेरो गाडी दुर्घटना  

उदयपुरको रौतामाइ गाउँपालिका-५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट-दिक्तेल सडक खण्डमा बोलेरो गाडी दुर्घटना भएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको रौतामाइ गाउँपालिका-५ फोक्सिन्टारमा बोलेरो गाडी ब्रेक फेल भई सडकबाट करिब ५ सय मिटर तल खसेको छ।
  • दुर्घटनामा खोटाङका २५ वर्षीय रविन गेलाल र २८ वर्षीय अनिष कटुवाल घाइते भएका छन्।
  • सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण उदयपुरको टोलीले उद्धार गरी घाइतेलाई जिल्ला अस्पताल गाईघाटतर्फ पठाएको छ।
१८ फागुन, काठमाडौं । उदयपुरको रौतामाइ गाउँपालिका-५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट-दिक्तेल सडक खण्डमा बोलेरो गाडी दुर्घटना भएको छ ।
दुर्घटनामा परी खोटाङको खोटेहाङ गाउँपालिका–७ का २५ वर्षीय रविन गेलाल र २८ वर्षीय अनिष कटुवाल घाइते भएका छन् ।
गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको ना १ झ ४०४५ नम्बरको बोलेरो गाडी ब्रेक फेल भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो हो ।
गाडीमा चालक र एक जना यात्रुमात्र सवार रहेको बताइएको छ ।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण उदयपुरको टोली उद्धार कार्यमा खटिएको थियो ।
दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाटतर्फ पठाइएको सशस्त्रका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?