१९ फागुन, काठमाडौं । इरानका विदेश मन्त्री अब्बास अराघची र चिनियाँ समकक्षी वाङ यीबीच वार्ता भएको छ । दुवै देशका विदेश मन्त्रीबीच सोमबार टेलिफोनमार्फत भएको वार्तामा गर्दै इरानमा रहेका चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।
इरानी विदेशमन्त्री अराघचीले आफ्नो देशमा रहेका चिनियाँ नागरिक र संस्थाको सुरक्षामा हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त वार्तामा उनले अराघचीले अमेरिका र इजरायलले इरानमाथि ‘अप्रत्याशित आक्रमण’ गरेर युद्धको घोषणा गरेको र यस्तो अवस्थामा इरानले जुनसुकै मूल्यमा आफ्नो रक्षा गर्ने स्पष्ट पारे ।
ओमानका विदेश मन्त्रीले अमेरिका र इरानबीच शान्ति सम्झौताको निकै नजिक पुगेको बताएको केही घण्टाभित्रै यो आक्रमण सुरु भएको थियो ।
विदेश मन्त्री अराघचीले वार्तामा प्रगति भइरहेकै समयमा वासिङ्टनले इरानविरुद्ध युद्ध सुरु गरेको आरोप लगाए ।
जवाफमा चिनियाँ विदेश मन्त्री वाङ यीले चीन र इरानबीचको परम्परागत मित्रताको कदर गर्दै इरानको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका लागि समर्थन जनाएका थिए । साथै, चीनले अमेरिका र इजरायललाई सैन्य कारबाही तुरुन्त रोक्न र द्वन्द्वलाई सम्पूर्ण मध्यपूर्वमा फैलिन नदिन आग्रह गरेको छ ।
प्रतिक्रिया 4