+
+
Shares

प्रतिनिधिसभामा पठाइएका विधेयक समयै फिर्ता हुनुपर्छ : उपाध्यक्ष घिमिरे

आफ्नो राष्ट्रिय सभाको कार्यकाल पूरा गरेर बिदा हुँदैगर्दा उपाध्यक्ष घिमिरेले आफ्नो अनुभव सुनाउँदै यस्तो बताएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते २१:३२

१९ फागुन, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभाबाट प्रतिनिधिसभामा पठाइएका विधेयक निश्चित समयभित्र फिर्ता हुने स्पष्ट व्यवस्था हुनुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

आफ्नो राष्ट्रिय सभाको कार्यकाल पूरा गरेर बिदा हुँदैगर्दा उपाध्यक्ष घिमिरेले आफ्नो अनुभव सुनाउँदै यस्तो बताएकी हुन् ।

‘आगामी दिनमा राष्ट्रियसभाबाट प्रतिनिधिसभामा पठाइएका विधेयकहरू निश्चित समयभित्र फिर्ता हुने स्पष्ट व्यवस्था हुन आवश्यक देखिन्छ,’ उपाध्यक्ष घिमिरेले भनिन्, ‘ताकि लामो मेहनत र राष्ट्रिय स्रोतसाधनको प्रयोगबाट तयार भएका विधेयकहरू निष्क्रिय हुने अवस्था अन्त्य होस् ।’

उपाध्यक्ष घिमिरेले राष्ट्रियसभामा उत्पत्ति भएका तथा प्रतिनिधिसभाबाट पारित भई आएका विधेयकहरूलाई सकेसम्म शीघ्रता र जिम्मेवारीपूर्वक टुङ्ग्याउने अभ्यास कायम गरिएको बताइन् । उनले भनिन्, ‘यस अवधिमा राष्ट्रियसभाले पहिलोपटक गैरसरकारी विधेयक पारित गरी प्रतिनिधिसभामा पठाउने ऐतिहासिक अभ्यास पनि स्थापित गरेको छ, सरकारले आवश्यक विधेयक समयमै प्रस्तुत गर्न नसकेको अवस्थामा जनचासोका विषयलाई अघि बढाउन यो अभ्यास एउटा सकारात्मक नजिरका रूपमा स्थापित भएको छ ।’ यद्यपि अपेक्षित परिणाम हासिल गर्न अझ सुधार आवश्यक रहेको अनुभव उनले सुनाइन् । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?