+
+
Shares

प्रतिनिधिसभाका सचिव राईसँग सभामुख अर्यालले सोधे स्पष्टीकरण

सचिव राई अघिल्ला सभामुख देवराज घिमिरेको सिफारिसमा नियुक्त भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते २०:११

२१ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईसँग सभामुख डोलप्रसाद अर्यालले स्पष्टीकरण सोधेका छन् । स्रोतका अनुसार प्रतिनिधिसभाका सचिव राईले सोमबार सभामुखलाई स्पष्टीकरण बुझाइसकेका छन् ।

 सभामुख अर्यालले  राईको कार्यसम्पादन शैलीमा प्रश्न गर्दै स्पष्टीकरण सोधेका हुन् ।  सांसदहरूलाई बोल्न दिने समयमा  राईले पक्षपात गरेर प्रस्ताव ल्याए भन्ने आरोप छ । सचिव राई यसअघिका  सभामुख देवराज घिमिरेको सिफारिसमा नियुक्त भएका थिए ।

तत्कालीन सभामुख घिमिरेले २०८१ पुस १६ गते राईलाई सचिवमा नियुक्ति सिफारिस गरेका थिए । संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?