+
+
WC Series
Nepal
49/0 (5.2)
VS
८८ बलमा ८० रन आवश्यक
UAE
128/8 (20)
Shares

प्रतिनिधिसभा नियमावली : प्रधानमन्त्रीले प्रत्येक महिना संसद्‌मा बोल्नुपर्ने नियम यथावत्

संसद् चलेको बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रत्येक महिना संसद्‌मा बोल्नुपर्ने भएको छ । यस्तो व्यवस्था प्रतिनिधिसभा नियमावलीमा राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन संसद् बैठकको पहिलो एक घण्टामा प्रत्यक्ष प्रश्न सोध्न सकिने व्यवस्था छ।
  • सभामुखले प्रश्नकर्ता सदस्यको नाम बोलाउनेछन् र सदस्यले आफ्नो स्थानबाट प्रधानमन्त्रीसँग प्रश्न सोध्न सक्नेछन्, जसको जवाफ प्रधानमन्त्रीले तत्काल दिनुपर्नेछ।
  • प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गर्न सकिने व्यवस्था गरिएको छ र प्रश्न गर्न इच्छुक सदस्यले तीन दिन अगावै लिखित जानकारी दिनुपर्नेछ।

८ वैशाख, काठमाडौं । संसद् चलेको बेला प्रधानमन्त्रीले प्रत्येक महिना संसद्‌मा बोल्नुपर्ने भएको छ । यस्तो व्यवस्था प्रतिनिधिसभा नियमावलीमा राखिएको छ ।

नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सकिने व्यवस्था छ ।

उपनियम (१) मा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’

तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ ।

अर्थात्, यो बाध्यकारी व्यवस्था हो । सभामुखले समय निर्धारण गर्नेछ भनेर किटान गरिएको छ ।

२१ फागुन २०८२ को निर्वाचनपछि बसेको संघीय संसद्को पहिलो अधिवेशन प्रधनमन्त्री बालेन्द्रको सम्बोधनबिनै सकिएको थियो ।

यसकारण कतिपयले संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नै सञ्चालन हुने वा नहुनेबारे शंका गरिरहेका बेला प्रतिनिधिसभा नियमावलीमा विगतमा झै प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन हुने व्यवस्था यसपटक पनि राखिएको छ ।

यो कार्यक्रम अन्तर्गत सभामुखले प्रश्नकर्ता सदस्यको नाम बोलाउनेछन् । नाम बोलाइएको सदस्यले आफ्नो स्थानमा उभिएर प्रधानमन्त्रीसँग प्रश्न गर्न सकिनेछ ।

त्यस्त प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल दिनुपर्नेछ ।

यस अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा पन्ध्रजना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् र एउटा सदस्यले सोधेको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ ।

प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारको माध्यमबाट प्रत्यक्ष प्रशारण गर्न सकिने व्यवस्था पनि राखिएको छ ।

यस परिच्छेदअन्तर्गत प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा तीन दिन अगावै सभामुखलाई गराउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?