+
+
Shares

फुल्यो चेरी, बढ्यो काठमाडौंको सौन्दर्य (तस्वीरहरू)

लैनचौर लगायत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यो फूल फुलेका कारण काठमाडौं शहरको सुन्दरता पनि बढाएको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ फागुन १९ गते २०:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकाका सडक किनाराका विभिन्न स्थानमा पछिल्लो समय चेरी फूल ढकमक्क फुलेको देख्न सकिन्छ।
  • लैनचौर लगायत काठमाडौंका विभिन्न ठाउँमा चेरी फूल फुलेका कारण शहरको सुन्दरता बढेको छ।
  • चेरी फूलले शान्ति, नवीनता र आशाको सन्देश दिने विज्ञहरूले बताउँछन्।

१९ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका सडक किनाराका विभिन्न स्थानमा पछिल्लो समय चेरी फूल ढकमक्क फूलेको देख्न सकिन्छ । काठमाडौंको लैनचौरस्थित सडक छेउमा यतिखेर चेरी फूल ढकमक्क फुलेको देख्न सकिन्छ ।

चेरी फूल ढकमक्क फुलेकै कारण अहिले यो क्षेत्र अहिले निकै मनमोहक देखिएका छन् । लैनचौर लगायत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यो फूल फुलेका कारण काठमाडौं शहरको सुन्दरता पनि बढाएको छ ।

पार्क, बगैंचा वा सडकछेउका चेरीका रूखहरू फूलले ढाकिँदा त्यहाँ पुग्ने हरेक मानिसको मन प्रफुल्लित बनाएको देख्न सकिन्छ । पैदलयात्रीहरू मात्रै होइन, गाडीमा हुइँकनेहरू पनि चेरी फूलसँगै सेल्फी खिचेर रमाउने गरेको भेटिन्छन् ।

वसन्त ऋतुमा फूल्ने चेरी जापानको राष्ट्रिय फूल पनि हो । जापानमा यसलाई साकुरा भनेर पनि चिनिन्छ ।

हल्का गुलाबी झैं देखिने फूलहरू हावासँगै लहलह बहँदा थप आकर्षक देखिन्छ । केही दिनमै फक्रेर फेरि झर्ने यसको स्वभावले सुन्दर क्षणको महत्त्व समेत सम्झाउँछ।

चेरी फूलको सौन्दर्य केवल आँखाले देखिने रङमा सीमित छैन, यसले शान्ति, नवीनता र आशाको सन्देश पनि दिने विज्ञहरू बताउँछन् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?