+
+
Shares

देवदहमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते ७:४७

१९ फागुन, बुटवल । रुपन्देहीको देवदहमा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा देवदह ७ निवासी २८ बर्षिय सुनिल पाण्डे रहेको देवदह प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टले जानकारी दिए ।

बुटवलबाट काठमाडौं जाँदै गरेको लुप्र०१-००१ ख ०८१६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ घोडाहा काँटा चोकमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि देवदह–५ कै २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन् । राति साढे १० बजे बसले स्कुटरलाई ठक्कर दिएको र तत्काल उद्धार गरी पाण्डे र पाइजा दुवैजनालाई अस्पताल पुर्‍याए पनि उपचारको क्रममा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते पाइजाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?