+
+
Shares

जब विद्यार्थी नै बने सभामुख र प्रधानमन्त्री

नेपालमै विद्यालयस्तरमा नियमित रूपमा हुने यस्तो नमुना संसद् अभ्यास आफ्नो विद्यालयमा मात्र सञ्चालन हुँदै आएको विद्यालयको दाबी गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लर्निङ रियाल्म इन्टरनेसनल स्कुलले ३८औँ वार्षिकोत्सवमा बाल संसद् नमुना सत्र आयोजना गरी विद्यार्थीहरूलाई संसदीय अभ्यास गराएको छ।
  • पूर्वमहासचिव भरतराज गौतमले बाल संसद् अभ्यासले भविष्यका सक्षम नेतृत्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
  • विद्यालयले उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरेको छ।

१९ फागुन, काठमाडौं । सभामुखले बैठक सुरु भएको घोषणा गरे। सत्ता पक्षका तर्फबाट मन्त्रीले समसामयिक विषयमा प्रस्ताव पेस गरे, लगत्तै प्रतिपक्षको बेन्चबाट ती प्रस्तावमाथि खरो प्रश्न र तर्क–वितर्क सुरु भयो।

समयको कडा व्यवस्थापन, संसदीय नियमावलीको पूर्ण पालना र अनुशासनबीच चलेको यो रोचक र जीवन्त दृश्य सङ्घीय संसद्‌को नभई, लर्निङ रियाल्म इन्टरनेसनल (एलआरआई) स्कुलको ‘बाल संसद्’ को हो।

एलआरआई स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवका अवसरमा विद्यालय परिसरभित्रै निर्माण गरिएको बाल संसद्‌को नमुना सत्र यसरी नै भव्य रूपमा सम्पन्न गरेको छ। विद्यार्थीहरूलाई नेतृत्व विकास, संसदीय अभ्यास, निर्णय प्रक्रिया तथा लोकतान्त्रिक मूल्य–मान्यताबारे व्यावहारिक अनुभव दिलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक जोशीले बताए ।

नेपालमै विद्यालयस्तरमा नियमित रूपमा हुने यस्तो नमुना संसद् अभ्यास आफ्नो विद्यालयमा मात्र सञ्चालन हुँदै आएको एलआरआईले दाबी गरेको छ।

विद्यालयका निर्देशक डा. देवकान्त जोशीले बाल संसद् विद्यार्थीहरूकै लागि बनाइएको विशेष अभ्यास भएको बताए। ‘यस्तो अभ्यास हाम्रो विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ, जुन हाम्रो लागि गर्वको विषय हो,’ उनले भने ।

नमुना संसद्‌को उद्घाटन गर्दै सङ्घीय संसद्का पूर्वमहासचिव भरतराज गौतमले विद्यार्थीहरू आफैँ सभामुख, प्रधानमन्त्री, मन्त्री तथा प्रतिपक्षको भूमिकामा गहिरिएर प्रस्तुत भएको देख्दा संसद भवनभित्रै रहेको अनुभूति भएको बताए ।


‘यस्ता अभ्यासले भविष्यका सक्षम नेतृत्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छन्,’ उनले भने । विद्यालयले बालबालिकाको समग्र विकासका लागि गरेको यो प्रयास निकै उदाहरणीय र प्रेरणादायी रहेको उनको भनाइ छ।

उपस्थित अभिभावक तथा अतिथिहरूले पनि विद्यार्थीहरूको सक्रियताले सङ्घीय संसद्‌कै झल्को दिएको प्रतिक्रिया दिएका थिए।

प्राचार्य बादल प्रधानले यस्ता गतिविधिले विद्यार्थीहरूको नेतृत्व क्षमता, आत्मविश्वास तथा सार्वजनिक रूपमा बोल्ने सीप अभिवृद्धि गर्न ठोस योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

अभिभावकहरूले विद्यालयले किताबी ज्ञानसँगै व्यावहारिक तथा नेतृत्वमूलक गतिविधिमा दिएको प्राथमिकताको खुलेर प्रशंसा गरे।

कार्यक्रममा प्रमुख अतिथि गौतमले यस वर्ष विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । उक्त अवसरमा उत्कृष्ट विद्यार्थीहरूको नाम घोषणा गर्दै उनीहरूको उपलब्धिको सराहना गरिएको थियो।

बाल संसद्‌को नमुना सत्रले विद्यार्थीहरूलाई वास्तविक संसद्‌को अनुभूति गराउनुका साथै लोकतान्त्रिक अभ्यासप्रति जागरूक बनाएको सूचना अधिकारी दीपक जोशीले बताए । उनले विगतका दिनहरूमा झैँ आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा नेतृत्व विकासमुखी कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?