News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको छथरजोरपाटी गाउँपालिका-४ तेलियाका ५६ वर्षीय लक्ष्मण लिम्बु फलैँचाबाट लडेर मृत्यु भएका छन्।
- उनले फलैँचाबाट करिब २० फिट तल खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
- प्रहरीले शव परीक्षणका लागि धनकुटा जिल्ला अस्पताल पठाएको र थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
१ चैत, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा फलैँचाबाट लडेर एक जनाको मृत्यु भएको छ ।
छथर जोरपाटी गाउँपालिका-४ तेलिया घर भएका ५६ वर्षीय लक्ष्मण लिम्बुको लडेर मृत्यु भएको हो ।
आइतबार दिउँसो छिमेकी भिमकुमारी लिम्बुको घर अगाडि रहेको फलैँचामा बसिरहेको अवस्थामा उनी अचानक लडेका थिए । फलैँचाबाट लडेर उनी करिब २० फिट तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले थप अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवत्ता प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
उनले प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि धनकुटा जिल्ला अस्पताल पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4