News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका–इजरायलको आक्रमणबाट इरानको खुमेइन शहरस्थित शाहिद खुमेइन ब्वाइज स्कुलमा गम्भीर क्षति भएको छ।
- इरानी सरकारी समाचार एजेन्सी फार्सले आक्रमणमा मानवीय क्षति नभएको र केही घरमा मात्र क्षति पुगेको उल्लेख गरेको छ।
- सरकारी एजेन्सीले मर्काजी प्रदेशका उपगभर्नरलाई उद्धृत गर्दै आक्रमण भएको पुष्टि गरेको छ।
२ चैत, काठमाडौं । अमेरिका–इजरायलको आक्रमणबाट इरानको खुमेइन शहरस्थित एक विद्यालयमा आक्रमण भएको छ ।
इरानी सरकारी समाचार एजेन्सी फार्सले सोमबार बिहान खुमेइन शहरको शाहिद खुमेइन ब्वाइज स्कुलमा गम्भीर क्षति भएको जनाएको हो ।
एजेन्सीले विद्यालयका केही तस्वीरहरू पनि सार्वजनिक गरेको छ । उक्त तस्वीरहरूमा भवनको भाग ध्वस्त भएको देखिएको अलजजिराले जनाएको छ ।
सरकारी एजेन्सीले मर्काजी प्रदेशका एक उपगभर्नरलाई उद्धृत गर्दै उक्त विद्यालयमा आक्रमण भएको पुष्टि गरेको छ । यद्यपि कुनै मानवीय क्षति भने नभएको समाचारमा उल्लेख छ । आसपासका केही घरहरूमा भने क्षति पुगेको जनाइएको छ ।
घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ । आक्रमणको पूर्ण विवरण भने आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4