+
+
Shares

डढेलोबाट जुम्लामा ३३० हेक्टर वन क्षति   

रासस रासस
२०८२ चैत २ गते १२:३९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जुम्लामा गत आर्थिक वर्षभरि ३३० दशमलव २८ हेक्टर वन डढेलोबाट क्षति भएको छ।
  • चालु आर्थिक वर्षको आठ महिनामा आठ स्थानीय तहका ६ स्थानमा करिब १०० हेक्टर वन डढेलोबाट क्षति भएको छ।
  • डिभिजन वन कार्यालयले चैत १ देखि ७ गतेसम्म वन डढेलो नियन्त्रणका लागि साप्ताहिक कार्यक्रम गर्ने जानकारी दिएको छ।

२ चैत, जुम्ला । जुम्लामा गत आर्थिक वर्षभरि ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति भएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र करिब ३३० दशमलव २८ हेक्टर वन जङ्गल डढेलोबाट क्षति भएको बताए ।

चालु आर्थिक वर्षको ८ महिनासम्म यहाँका आठवटै स्थानीय तहका विभिन्न ६ वटा स्थानमा डढेलो लागेको छ । अनुमानित १०० हेक्टर क्षेत्रमा डढेलोबाट वन क्षति भएको छ डिभिजन वन कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ ।

कार्यालयको आयोजनामा भएको वन सुरक्षा समन्वय समिति तथा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम बोल्दै कार्यालय प्रमुख बुढ्थापाले वन डढेलो नियन्त्रणमा प्रभाकारिता, तीनै तहका सरकार र समुदायको सहभागिता भन्ने मूल नारासहित जुम्लामा वन डढेलो नियन्त्रणसम्बन्धी साप्ताहिक कार्यक्रम यही चैत १ देिख ७ गतेसम्म विभिन्न कार्यक्रम गरिने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख बढ्थापाले जानकारी दिए ।

बर्सेनि गर्मीयाममा हुने डढेलोले वन क्षेत्रमा क्षति पुर्‍याउँदै आएको छ । दमकल नपुग्ने विकट क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न भने समस्या देखिने गरेको छ । वन संरक्षणमा सामुदायको महत्वपूर्ण भूमिका रहने सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?