+
+
Shares

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा पनि विरोध प्रदर्शन

सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको काँकरभिट्टामा इनिशा विकको बलात्कारपछि हत्या घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ।
  • प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा र्‍याली निकालेर पूर्वी प्रवेशद्वारमा खबरदारी सभा गरिएको थियो।
  • नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी र अन्यले निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको सजाय दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

२ चैत, झापा । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ ।

प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेपछि पूर्वी प्रवेशद्वारमा पुगेर खबरदारी सभामा परिणत भएको थियो ।

र्‍यालीमा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, मानवअधिकारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो ।

सहभागीहरूले ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर’, ‘हत्या हिंसा बन्द गर’, र ‘जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, शिक्षक सुभद्रा भट्टराई, महिला अधिकारकर्मीद्वय राधा प्रधान र पूजा सापकोटा तथा मानवअधिकारकर्मी विनय कार्कीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको सजाय दिन माग गरे ।

उनीहरूले यस्ता जघन्य अपराधका घटनाले समाजमा असुरक्षा बढाएको भन्दै पीडित परिवारलाई अविलम्ब न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?