+
+
Shares

इनिशा मृत्यु प्रकरणका दोषीलाई कानुनी कारबाही गर्न सेलिब्रेटीको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको बलात्कारपछि हत्या प्रकरणमा चार जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
  • सेलिब्रेटीहरूले सामाजिक सञ्जालमार्फत दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग राखेका छन्।
  • पूर्वमिस नेपाल श्रृंखला खतिवडाले न्याय सम्झौताविहीन र छिटो दिनुपर्ने बताएकी छन्।

काठमाडौं । सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको मृत्यु प्रकरणका दोषीलाई कानुनी कार्वाही गर्नुपर्ने माग सेलिब्रेटीले गरेका छन् । सामाजिक सञ्जालमार्फत उनीहरूले इनिशालाई न्याय दिलाउन सरकारसँग माग राखेका छन् ।

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले एक्स (ट्वीटर) मार्फत सम्झौताविहिन न्याय चाँडो दिनुपर्ने बताएकी छन् ।

खतिवडा लेख्छिन्, ‘इनिशा बीकेका लागि न्याय । अकल्पनीय क्रूरताका साथ एक बालिकाको जीवन खोसिएको छ । म बारम्बार सोच्छु– हामी बलात्कारको निन्दा त गर्छौं, तर किन त्यसलाई जन्म दिने संस्कृतिप्रति धेरैजसो मौन रहन्छौं ? न्याय छिटो आओस् र त्यो सम्झौताविहीन होस् । उनको आत्माले शान्ति पाओस् ।’

गायिका एलिना चौहानले इनिशाको तस्बिर सेयर गर्दै कानुनी व्यवस्थामाथि प्रश्न उठाएकी छन् । उनले बलात्कारीलाई फाँसीजस्तो कठोर सजाय दिनुपर्ने माग गर्दै लेखेकी छन्, ‘नेपालमा मानिसको ज्यान लिन सजिलो हुँदै गएको छ । जबसम्म बलात्कारीलाई फाँसीजस्तो कठोर कानुनी दण्ड दिइँदैन, यस्ता घटना रोकिने देखिँदैन ।’

गायिका रचना रिमालले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै विगतका निर्मला पन्त र निरु विकजस्ता घटनाको स्मरण गरेकी छन् । उनले लेखेकी छन्, ‘हामी सबैले आवाज उठाउनै पर्छ । छोरीहरूलाई चुप लाग्न बाध्य बनाउने होइन, न्याय दिलाउनुपर्छ । अपराधीलाई जोगाउने होइन, कडा सजाय दिलाउनुपर्छ ।’

गायक तथा अभिनेता प्रकाश सपूतले राज्यले यस्ता घटनामा ‘शून्य सहनशीलता’को नीति अपनाउनुपर्ने बताएका छन् । फेसबुकमा लेखेका छन्, “र, तर, वा, अथवा, तथापि भन्दै अपराधीलाई उम्काउने बहाना नखोजियोस् । हामीले थप छोरीहरू गुमाउन नपरोस् ।’

गायक शिव परियारले ‘जस्टिस फर इनिशा’ ह्यासट्याग उल्लेख गर्दै न्यायको माग गरेका छन् । उनले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

अभिनेत्री केकी अधिकारीले समाजको नैतिक अवस्थामाथि प्रश्न उठाउँदै लेखेकी छन्, “हामी समाजका रूपमा कहाँ उभिएका छौं ? दोषी नउम्कियोस्, समाजको चेत खुलोस् । त्यसपछि मात्र विकासका कुरा गरौं ।’

अभिनेत्री नीता ढुंगानाले बलात्कारीलाई कडा सजाय हुनुपर्ने बताएकी छन् ।

गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भएकी इनिशा हाल सुर्खेतको वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन् ।

२३ फागुनको बिहान ट्युसन पढ्न हिँडेकी उनी घर फर्किनन् । खोजतलासका क्रममा स्थानीय सामुदायिक वनमा रगताम्य र शरीरभरि चोट लागेको अवस्थामा फेला परेकी थिइन् । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनलाई बलात्कारपछि हत्या गरिएको देखाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?