+
+
Shares

महिला आयोग परिसरमा नारा- छोरीचेलीको रक्षा गर

माइतीघर मण्डलामा न्यायका लागि धर्ना बस्दा पनि न्यायका लागि कुनै सुनुवाइ नभएको भन्दै पीडित पक्षले महिला आयोगको ध्यानाकर्षण गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १५:२७

९ चैत, काठमाडौं । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन् । ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला आयोग किन चुप ?’, ‘इनिशा बिक र रेस्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर’ जस्ता नाराका साथ पीडित पक्षले महिला आयोग परिसरमा नाराबाजी गरेका हुन् ।

सुर्खेतकी इनिशा बिकको बलात्कारपछि हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गर्नुपर्ने र खोटाङकी रेस्मिका परियारको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेका छन् ।

माइतीघर मण्डलामा न्यायका लागि धर्ना बस्दा पनि न्यायका लागि कुनै सुनुवाइ नभएको भन्दै पीडित पक्षले महिला आयोगको ध्यानाकर्षण गराएका हुन् ।

पीडित पक्षको मागमा खोटाङ सेवा समाजले ऐक्यबद्धता जनाएको सचिव नवराज रोकाले जानकारी दिए । उनले पीडितले जति सक्दो चाँडो न्याय पाउनुपर्ने र पीडकले कडाभन्दा कडा सजाय पाउनुपर्ने बताए । –रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?