News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको कविलासी नगरपालिका–८ मा मोटरसाइकलको ठक्करबाट ६५ वर्षीय राम नरेश महतोको मृत्यु भएको छ।
- महतो प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा निधन भएका हुन्।
- दुर्घटनामा घाइते मोटरसाइकल सवार २ जनाको उपचार भइरहेको छ र प्रहरीले अनुसन्धान गरिरहेको छ।
२ चैत, काठमाडौं । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
कविलासी नगरपालिका–८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राम नरेश महतोको सोमबार बिहान मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4