२१ फागुन, सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामराज कडरियाले केही ठाउँमा सामान्य विवाद भए पनि अहिले मतदान सहज रुपमा भइरहेको बताएका छन् ।
बलरा–४ स्थित श्री प्राथमिक विद्यालयमा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । दलका प्रतिनिधिबीच विवाद भएपछि भएको झडपपछि त्यहाँ प्रहरी प्रमुखसहित सीडीओ आफैं पुगेका थिए ।
उनका अनुसार, अहिले समग्र जिल्लामा अवस्था सामान्य बनेको छ ।
‘पार्टीहरूका प्रतिनिधिबीच हल्का विवाद भएर अलिकति अशान्ति भएको जस्तो देखिएको मात्रै हो । तर सुचारु भइसकेको छ । मतदाता खुसी छन्,’ सीडीओ कडरियाले अनलाइनखबरसँग भने ।
साथै, उनले अहिले भइरहेका विवाद समाधान पनि भइसकेको जानकारी दिए ।
‘सुरक्षा व्यवस्था राम्रो छ । हामी होहल्ला हुनेबित्तिकै सुरक्षाको सबै टिम आएका छौं । मतदाताहरू लाइन लाइरहनुभएको छ । सुरक्षा अवस्था राम्रो छ । हामीले विवाद समाधान गरिसकेका छौं । समग्र सर्लाहीको सोचेभन्दा राम्रो छ । कहीँ पनि स्थगित भएको छैन,’ उनले भने ।
बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रमा विवाद भएको हो । दुई पक्षका कार्यकर्ताहरू एक आपसमा विवादमा उत्रिएका हुन् ।
यसअघि बलरा–१ मा पनि केहीबेर तनाव भएको थियो । सिरहामा यसअघिका निर्वाचनमा पनि भइरहेका घटना र यसपटक हुनसक्ने चुनौतीलाई लिएर सुरक्षा अवस्था मजबुत बनाइएको छ ।
प्रतिक्रिया 4