+
+
Shares

सर्लाहीमा एक युवकलाई अमानवीय ढंगले कुटपिट, एक जना पक्राउ

घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते २१:३१

२ चैत, जनकपुरधाम । सर्लाहीमा अर्धनग्न बनाएर एक युवकमाथि कुटपिट गरिएको भिडिओ भाइरल भएपछि प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कविलासी नगरपालिका–१० स्थित चमेलीमाई मन्दिर पछाडिको फनपार्कमा सो घटना भएको हो । फागुन २३ गते भएको उक्त घटनामा एक युवकलाई अर्धनग्न बनाएर सामुहिक कुटपिट गरिएको देखिन्छ ।

सर्लाही प्रहरीका अनुसार सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ बस्ने राजकुमार यादवका १९ वर्षीय छोरा प्रमितकुमार यादवलाई केही व्यक्तिले अर्धनग्न बनाएर कुटपिट गरेका थिए । जुन भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।

घटनापछि पीडित पक्षले फागुन २९ गते कुटपिट गर्ने रोहितकुमार यादवलगायतका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार र कुटपिट गरी अंगभंग गरेको आरोपमा जाहेरी दिएका थिए । सोही दिन प्रहरीले प्रतिवादीमध्ये रोहितलाई पक्राउ गरेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए ।

पक्राउ परेका रोहितलाई मिति फागुन २९ गतेदेखि लागू हुने गरी सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?