+
+
Shares

प्रतिनिधि सभा बैठक लाइभ LIVE

आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि छलफलमा उठेका प्रश्नको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभाको बैठक वैशाख ३० गते सुरु भएको छ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।
  • प्रधानमन्त्री बालेन शाहले जवाफ नदिने बताएका कारण अर्थमन्त्री वाग्लेले जवाफ दिन लागेका हुन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम वैशाख २८ गते संसदमा बाचन गरेका थिए र आजै पारित गर्ने तयारी गरिएको छ।

३० वैशाख, काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि उठेका प्रश्नको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची छ ।

यसअघि प्रधानमन्त्री बालेन शाहले जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक भए पनि उनले जवाफ नदिने बताएका थिए । त्यसैले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले जवाफ दिन लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए ।

त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको जवाफ दिने, सांसदहरुबाट प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र आजै पारित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?