News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन समितिले मदन कुमारी शाहको संयोजकत्वमा लैंगिक असमानता अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ।
- उपसमितिमा सांसद डा. अंकिता ठाकुर, गीता गुरूङ, प्रकाशचन्द्र परियार र रिमा विश्वकर्मा सदस्य रहेका छन्।
- समिति सभापति गणेश कार्कीले विद्यमान कानुनमा रहेका लैंगिक असमानता अन्त्य गर्न कानुनी परिमार्जनसहित सुझावसहित प्रतिवेदन पेश गर्न उपसमिति गठन गरिएको जानकारी दिनुभयो।
३० वैशाख, काठमाडौं । लैंगिक असमानता अध्ययन गर्न संसदीय उपसमिति गठन भएको छ ।
संघीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले समिति सदस्य मदन कुमारी शाह (गरिमा) को संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमिति सदस्यहरूमा सांसदहरू डा. अंकिता ठाकुर, गीता गुरूङ, प्रकाशचन्द्र परियार र रिमा विश्वकर्मा रहेका छन् ।
समिति सभापति गणेश कार्कीका अनुसार विद्यमान कानुनमा भएका लैंगिक असमानताको अध्ययन गरी सुझावसहित समिति समक्ष प्रतिवेदन पेश गर्न उपसमिति गठन गरिएको हो ।
विद्यमान कानुनमा रहेका लैंगिक असमानता अन्त्य गर्न गर्नुपर्ने कानुनी परिमार्जन लगायतका विषयमा निष्कर्षमा पुग्न उपसमिति गठन गरेर अध्ययन गर्न लागिएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4