+
+
Shares

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ३ वटा उजुरी

समिति सचिवालयका अनुसार आगामी जेठ ४ गतेसम्म उजुरी गर्ने म्याद तोकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ११:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशमा सिफारिश भएका मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी परेको छ।
  • संसदीय सुनुवाइ समितिले उजुरी दिन १० दिनको समय दिँदै जेठ ४ गतेसम्म उजुरी आह्वान गरेको छ।
  • उजुरी हुलाक, इमेल, सचिवालयमा पत्रमार्फत वा जिल्ला प्रशासन कार्यालयबाट दिन सकिनेछ।

३० वैशाख, काठमाडौं । संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी परेको छ ।

संसदीय सुनुवाइ समितिको गत शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । मंगलबारसम्म तीन वटा उजुरी प्राप्त भएको समिति सचिवालय स्रोतले जनाएको छ ।

समिति सचिवालयका अनुसार आगामी जेठ ४ गतेसम्म उजुरी गर्ने म्याद तोकिएको छ ।

समिति सचिवालयका अनुसार उजुरी दिन हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिनेछ । सिधै सचिवालयमा पुगेर पत्रमार्फत पनि उजुरी दिन सकिन्छ । सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर उजुरी दिन सकिन्छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट पनि उजुरी गर्न सकिन्छ । इमेलबाट पनि उजुरी दिन सकिन्छ ।

उजुरी दिँदा भने विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन आग्रह गरिएको छ । आगामी जेठ ५ गते बस्ने सुनुवाइ समिति बैठकले सबै समिति सदस्यको रोहबरमा प्राप्त उजुरी खोल्नेछ ।

त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई वितरण हुनेछ ।

संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशमा सिफारिश गरेका शर्मालाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?