+

फिफा विश्वकप २०२६ का लागि स्वीडेनको टोली घोषणा

२०८३ वैशाख  ३० गते ११:४३ २०८३ वैशाख ३० गते ११:४३
फिफा विश्वकप २०२६ का लागि स्वीडेनको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वीडेनले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।
  • स्वीडेनको टोलीमा प्रिमियर लिगका भिक्टोर योकेरेस र अलेजान्डर इसाक मुख्य खेलाडी रहेका छन्।
  • स्वीडेन समूह एफ मा नेदरल्यान्ड्स, जापान र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ।

३० वैशाख, काठमाडौं । जुन ११ देखि सुरु हुने फिफा विश्वकप २०२६ का लागि युरोपेली राष्ट्र स्वीडेनले टोली घोषणा गरेको छ ।

स्वीडेनले विश्वकपका लागि २६ सदस्यीय अन्तिम टोली नै घोषणा गरेको हो । प्रिमियर लिगका दुई स्टार भिक्टोर योकेरेस र अलेजान्डर इसाक स्वीडेनको मुख्य खेलाडीको रूपमा छन् ।

डेजान क्लुसेभ्स्की, रोनी बर्डघी, विलिओट स्विडवर्ग लगायत खेलाडी मुख्य प्रशिक्षक ग्राहम पोटरले घोषणा गरेको टोलीमा भने छैनन् ।

समूह एफमा रहेको स्वीडेनले नेदरल्यान्ड्स, जापान र ट्युनिसियासँग खेल्नेछ ।

स्वीडेनको टोली

गोलकिपर : भिक्टोर जोहानसोन, क्रिस्टोफर नोर्डफेल्ट्ड, ज्याकोब जेटेरस्ट्रोम
डिफेण्डर : हाल्मर एक्दाल, गाब्रिएल गुडमुन्डसोन, इसाक हिएन, एमिल होल्म, गुस्ताफ लागेरबिएलके, भिक्टोर लिन्डेलोफ, एरिक स्मिथ, कार्ल स्टारफेल्ट, एलिओट स्ट्रोउड, डानिएल स्भेन्सन
मिडफिल्डर : यासिन आयारी, लुकास बर्गभाल, जेस्पर कार्लस्ट्रोम, बेन्जामिन नाइग्रेन, केन सिमा, माथिएस स्भानबर्ग, बेसफोर्ट जेनेली
फरवार्ड : ताहा अली, अलेजान्डर बर्नहार्डसन, एन्थोनी एलाङ्गा, भिक्टोर योकेरेस, अलेजान्डर इसाक, गुस्ताफ निल्सन

फिफा विश्वकप २०२६ स्वीडेन फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय