+

लिग २ः स्कटल्याण्डले दियो २४४ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

२०८३ वैशाख  २९ गते १३:४९ २०८३ वैशाख २९ गते १३:४९
लिग २ः स्कटल्याण्डले दियो २४४ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डले नेपाललाई २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
  • स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको छ, जर्ज मुन्सले सर्वाधिक ७५ रन बनाए।
  • नेपालका सन्दीप लामिछानेले ४१ रन खर्चेर ४ विकेट लिए भने करण केसी र नन्दन यादवले दुई-दुई विकेट लिए।

२९ वैशाख, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा स्कटल्याण्डले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनायो ।

स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सले सर्वाधिक ७५ रन बनाए । ६२ बलमा उनले १२ चौका र २ छक्का प्रहार गरे ।

जर्जले फिल्ने म्याकरिथसँग पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । फिल्ने ६२ बलमा ३५ रनमा आउट भए । दुवै ओपनरलाई सन्दीप लामिछानेले एकै ओभरमा आउट गर्दै खेलको मोमेन्टम फर्काएको थिए । त्यसपछि ब्रेनडन म्याकमुलेन ९ बलमा ७ र कप्तान रिचि बेरिङटन ११ बलमा ५ रन बनाएर आउट भए ।

१२८ रनमा ४ विकेट गुमाएको स्कटल्याण्डका लागि म्याथ्यु क्रस र माइकल इग्लिसले पाँचौं विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । म्याथ्यु ३८ बलमा १८ रन बनाएर आउट हुँदा इग्लिस ७२ बलमा ३४ रन बनाएर नटआउट रहे । मार्क वाट १८ बलमा २४ र माइकल लिस्क २३ बलमा २९ रन बनाएर आउट भए । ज्याक जर्विस ० रनमा आउट भए ।

बलिङमा नेपालका सन्दीप लामिछाने घातक बने । आफ्नो स्पेल पूरा गरेको सन्दीपले ४१ रन खर्चेर ४ विकेट लिए । लय गुमाएको नेपालका लागि सन्दीपले फर्काएका थिए । करण केसीले र नन्दन यादवले दुईदई विकेट लिए ।

आइसीसी क्रिकेट विश्वकप लिग टू

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय