२६ फागुन, सर्लाही । प्रतिनिधिसभा निर्वाचनको मतपरिणामअनुसार सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर भएको छ । जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी ३१ हजार ८९९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयको प्रतिवेदनअनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १९ हजार ७२२ मत बदर भएको छ, भने समानुपातिकतर्फ १२ हजार १७७ मत बदर भएको छ ।
क्षेत्रगत रूपमा प्रत्यक्षतर्फ सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा ५ हजार ३६५, निर्वाचन क्षेत्र नम्बर २ मा ५ हजार ४०८, निर्वाचन क्षेत्र नम्बर ३ मा ४ हजार २६८ र निर्वाचन क्षेत्र नम्बर ४ मा ४ हजार ६८१ मत बदर भएको छ ।
त्यस्तै समानुपातिकतर्फ निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार ४८१, निर्वाचन क्षेत्र नम्बर २ मा ३ हजार २५५, निर्वाचन क्षेत्र नम्बर ३ मा २ हजार ८२३ र निर्वाचन क्षेत्र नम्बर ४ मा २ हजार ६१८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका नायब सुब्बा मनिषकुमार साहले जानकारी दिए ।
सर्लाहीमा प्रत्यक्षतर्फ जम्मा ५ लाख ११ हजार ६०६ मतदाता रहेकामा ३ लाख १७ हजार १३३ जनाले मतदान गरेका थिए ।
समानुपातिकतर्फ ५ लाख १७ हजार ६८७ मतदाता कायम गरिएकोमा ३ लाख १८ हजार १४२ जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया 4