+
+
Shares

यी १४ उम्मेदवार : जो चुनाव लडे, एक मत पनि पाएनन्

यही निर्वाचनमा यस्ता उम्मेदवारहरू पनि रहे, जसले एक मत पनि पाएनन् । बागमतीका ३, मधेशका ४ र लुम्बिनीका ७ जना उम्मेदवारले एक मत पनि नपाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते २०:०४

२६ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको वेबसाइटमा प्रविष्ट अन्तिम परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिटसहित प्रत्यक्षतर्फ पहिलो दल बनेको छ ।

दोस्रोमा नेपाली कांग्रेस १८ सिट, तेस्रोमा नेकपा एमाले ९ सिट, चौथोमा नेपाली कम्युनिस्ट पार्टी ७ सिटसहित छन् । पाँचौं स्थानमा श्रम संस्कृति पार्टी छ । जसले ३ सिट प्रत्यक्षतर्फ प्राप्त गरेको छ ।

यो निर्वाचनमा रास्वपाले ऐतिहासिक रेकर्डहरू समेत दर्ज गर्‍यो । ५० हजार बढी मतान्तरमा विजयी हुनेदेखि अहिलेसम्मकै सबैभन्दा बढी सिट ल्याउने पार्टीसमेत रास्वपा बन्यो ।

तर, यही निर्वाचनमा यस्ता उम्मेदवारहरू पनि रहे, जसले एक मत पनि पाएनन् । बागमतीका ३, मधेशका ४ र लुम्बिनीका ७ जना उम्मेदवारले एक मत पनि नपाएका हुन् ।

बागमती प्रदेशमा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार अर्जुनबहादुर शाहीले एक मत पनि नपाएका हुन् । उनले नेपाल जनसेवा पार्टीबाट उम्मेदवारी दिएका थिए भने चुनाव चिन्ह जुत्ता पाएका थिए ।

त्यस्तै, धादिङ–१ का स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद अधिकारीले पनि एक मत पनि पाएनन् । उनले क्याल्कुलेटर चुनाव चिह्न पाएका थिए । बागमतीकै ललितपुर क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार देवेन्द्र सिंहले पनि एक मत पनि पाएनन् । उनले हार्मोनियम चुनाव चिह्न पाएका थिए ।

मधेश प्रदेशका ४ जना उम्मेदवारले शून्य मत पाए । जसमा धनुषा क्षेत्र नम्बर ३ बाट तीन जना छन् । उनीहरू तीनै जना स्वतन्त्र उम्मेदवार हुन् । कुर्सी चुनाव चिह्न पाएका कृष्ण कुमार साह, स्टिच चुनाव चिह्न पाएका मात्रिका प्रसाद दास र अटो चुनाव चिह्न पाएकी सीता देवी साहले एक मत पनि ल्याउन नसकेका हुन् ।

त्यस्तै, रौतटह क्षेत्र नम्बर ४ की उम्मेदवार कुसुम खातुनले पनि एक मत पनि ल्याउन सकिनन् । उनी पनि स्वतन्त्र उम्मेदवार हुन् । उनलाई टेबुल चुनाव चिह्न दिइएको थियो ।

सबैभन्दा धेरै लुम्बिनीमा

यसरी एक मत पनि प्राप्त नगर्ने उम्मेदवारहरू लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै छन् । गुल्मी क्षेत्र नम्बर १ मा २ जना प्रेमप्रसाद श्रेष्ठ र विमल ज्ञवाली दुई जनाले एक मत पनि पाएनन् । श्रेष्ठले प्रेसर कुकर र ज्ञवालीले सारस चुनाव चिह्न पाएका थिए ।

त्यस्तै, रुपन्देही क्षेत्र नम्बर २ मा ५ जना स्वतन्त्र उम्मेदवारले एक पनि पाएनन् । टिका बहादुर क्षेत्री, दिलिप कुमार सुनार, बालकृष्ण ज्ञवाली, विमला भट्टराई र विष्णु प्रसाद बस्यालले एक मत पनि नपाएका हुन् ।

क्षेत्रीले ग्यास चुल्हो, सुनारले कुर्सी, ज्ञवालीले क्याप टोपी, भट्टराईले चियाको कप र बस्यालले प्रेसर कुकर चुनाव चिह्न पाएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?