+
+
Shares

इरानमा स्कुलमा भएको आक्रमणमा अमेरिकी मिसाइल प्रयोग भएको खुलासा

इरानको दक्षिणी सहर मिनाबस्थित एउटा छात्रा विद्यालयमा भएको विनाशकारी आक्रमणमा अमेरिकी निर्मित ‘टोमाहक’ क्रुज मिसाइल प्रयोग भएको प्रमाण भेटिएको न्यूयोर्क टाइम्सले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानको मिनाबस्थित छात्रा विद्यालयमा फेब्रुअरी २८ मा भएको आक्रमणमा अमेरिकी निर्मित 'टोमाहक' क्रुज मिसाइल प्रयोग भएको प्रमाण भेटिएको छ।
  • त्यस आक्रमणमा परी १६५ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश विद्यार्थी, अभिभावक र शिक्षकहरू थिए।
  • न्यूयोर्क टाइम्सले मिसाइलका टुक्राहरूमा रहेका 'सिरियल नम्बर' अमेरिकी रक्षा मन्त्रालयको लेबलिङ प्रणालीसँग मेल खान्छ भनेको छ।

२६ फागुन , काठमाडौं । इरानको दक्षिणी सहर मिनाबस्थित एउटा छात्रा विद्यालयमा भएको विनाशकारी आक्रमणमा अमेरिकी निर्मित ‘टोमाहक’ क्रुज मिसाइल प्रयोग भएको प्रमाण भेटिएको न्यूयोर्क टाइम्सले जनाएको छ।

गत फेब्रुअरी २८ मा भएको उक्त आक्रमणमा परी १६५ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश विद्यार्थी, उनीहरूका अभिभावक र शिक्षकहरू थिए ।

इरानी सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेका मिसाइलका टुक्राहरूको फोटो विश्लेषण गर्दा ती सन् २०१४ वा त्यसपछि बनेका अमेरिकी हतियारसँग मिल्दोजुल्दो रहेको पाइएको हो।

न्यूयोर्क टाइम्सका अनुसार ती टुक्राहरूमा रहेका ‘सिरियल नम्बर’ र अन्य विवरणहरू अमेरिकी रक्षा मन्त्रालयले प्रयोग गर्ने लेबलिङ प्रणालीसँग मेल खान्छन्।

विद्यालय नजिकै रहेको इरानी सैनिक अड्डालाई निशाना बनाउने क्रममा उक्त मिसाइल विद्यालयमा खसेको हुनसक्ने अनुमान गरिएको छ।

यद्यपि, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मार्च ७ मा उक्त आक्रमण इरानी सेना आफैँले गरेको दाबी गरेका थिए । हाल अमेरिकी सिनेटका डेमोक्रेटिक सांसदहरूले यस घटनाको निष्पक्ष छानबिन गर्न पेन्टागनसँग माग गरेका छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?