News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको राजविराज नगरपालिका-७ स्थित सर्वजानिक पल्टुदास पोखरीमा डुबेर २७ वर्षीय बौवा दासको मृत्यु भएको छ ।
- डुबेर बेपत्ता भएको खबरपछि प्रहरी टोली परिचालन गरी खोजी गर्दा उनी मृत फेला परेका थिए।
- प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
२६ फागुन, सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका-७ स्थित सर्वजानिक पल्टुदास पोखरीमा डुबेर सोही नगरपालिका-३ बस्ने २७ वर्षीय बौवा दासको मंगलबार बिहान मृत्यु भएको छ ।
डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ उनको खोजीका लागि प्रहरी टोली परिचालन भएको थियो । खोजी गर्ने क्रममा उनी डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4