+

क्रिकेटर लोकेश बम एसपीए कलेजको ब्रान्ड एम्बासडरमा नियुक्त

२०८२ फागुन  २६ गते १८:३६ २०८२ फागुन २६ गते १८:३६
क्रिकेटर लोकेश बम एसपीए कलेजको ब्रान्ड एम्बासडरमा नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसपीए कलेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
  • लोकेश बमले कलेजसँग जोडिन पाउँदा खुसी लागेको र विद्यार्थीहरूलाई प्रेरित गर्ने बताए।
  • कलेजले शिक्षा र खेलकुदलाई सँगै अघि बढाउँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिने जनाएको छ।

२६ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले आफ्ना विद्यार्थी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ।

मंगलबार कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रममा बमलाई एसपीए कलेजको आधिकारिक ब्रान्ड एम्बासडरका रूपमा घोषणा गरिएको हो। कलेजले शिक्षा, खेलकुद तथा व्यक्तित्व विकासका क्षेत्रमा विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्यले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ।

लोकेश बम एसपीए कलेजका विद्यार्थी हुनुका साथै नेपाली क्रिकेटमा उदाउँदा प्रतिभाशाली विकेटकिपर-ब्याट्सम्यानका रूपमा परिचित छन्। उनले हालै सम्पन्न विश्वकप एवं राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा विभिन्न घरेलु क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेश तथा समग्र राष्ट्रको गौरव बढाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

कलेजमा अध्ययनरत रहँदा नै बमले खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। निरन्तर मेहनत, अनुशासन र उपलब्धिका कारण उनी आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित खेलाडीका रूपमा स्थापित भएका छन्।

ब्रान्ड एम्बासडर नियुक्त भएपछि प्रतिक्रिया दिँदै क्रिकेटर लोकेश बमले आफू अध्ययन गरेको कलेजसँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले एसपीएले सधै नै उत्साहित गराउँदै आइरहेको बताउँदै आजको यो अवसरका लागि कलेजका प्रबन्ध निर्देशक सुवास शाही लाई धन्यवाद दिदै यस्ता कार्यक्रम र अवसरले आफुलाई प्रेरित गर्ने बताए ।

साथै लोकेशले एसपीए कलेजले शिक्षा र खेलकुदलाई सँगै अघि बढाउँदै विद्यार्थीहरूलाई राम्रो वातावरण प्रदान गरिरहेको उल्लेख गर्दै आगामी दिनमा विद्यार्थीहरूलाई प्रेरित गर्न आफूले सक्दो भूमिका निर्वाह गर्ने बताए।

सोही अवसरमा क्याम्पस प्रमुख बुधराम चौधरीले यसपीए कलेज र खेलकुद प्रर्यायबाची भएको बताउँदै विद्यार्थीहरु को सफल भविष्यको लागि सबै खेल सबै विधाका विद्यार्थीहरु लाई उत्तिकै महत्वका साथ अवसर प्रदान गर्दै आइरहेको र आगामी दिनमा गर्ने बताए ।

कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले पनि बमलाई ब्राण्ड एम्बासडर नियुक्त गर्नु कलेजका लागि गर्वको विषय भएको बताए। उनले एसपीए कलेजले अध्ययनसँगै खेलकुदको अवधारणालाई आत्मसात गर्दै आएको उल्लेख गर्दै बमको सफल यात्राले कलेजका विद्यार्थीहरूलाई शिक्षा र खेलकुद दुवै क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

सोही अवसरमा कलेजले लोकेश बम र विद्यार्थीहरूका बीचमा विशेष प्रेरणदायी प्रश्नोत्तर, अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो ।

एसपीए कलेजले यसअघि पनि नारायण जोशी, कविता कुँवर र शेर मल्ल लगायतका क्रिकेट खेलाडीहरूलाई कलेजको ब्राण्ड एम्बासडरका रूपमा नियुक्त गरिसकेको छ। कलेजले आगामी दिनहरूमा पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता पहलहरूलाई निरन्तरता दिने जनाएको छ।

एसपीए कलेज लोकेश बम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय