+
+
Shares

सिरहाका होटल, रेस्टुरेन्टले नै पाएनन् ग्यास

सिरहा गोलबजार, लहान लगायत मधेशस प्रदेशका विभिन्न जिल्लामा भने ग्यास अभाव कायमै रहेको व्यवसायीहरूको गुनासो गरेका छन् ।

सुरेश राय सुरेश राय
२०८२ फागुन २६ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहामा खाना पकाउने ग्यास अभावले होटल व्यवसायी र घरधुरीको दैनिक जीवन प्रभावित भएको छ।
  • नेपाल आयल निगमले ग्यास आपूर्ति नियमित रहेको दाबी गरे पनि स्थानीय व्यवसायीले अभाव कायमै रहेको गुनासो गरेका छन्।
  • ग्यास अभावले होटल बन्द हुने र सयौँ मजदुरको रोजगारी प्रभावित हुने जोखिम बढेको व्यवसायीहरूले बताएका छन्।

२६ फागुन, सिरहा । खाना पकाउने ग्यास गाउँदेखि सहरसम्मका उपभोक्ताको दैनिक जीवनसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण इन्धनको पछिल्लो हाहाकारले समस्या विकराल बन्दै गएको छ ।

पछिल्लो समय धेरै मानिस गाउँ छाडेर सहर–बजार बसाइँ सरेका छन् । उनीहरू खाना पकाउनेदेखि अन्य कामकाजसम्म ग्यासमा नै निर्भर हुनुपरेको छ । तर, अहिले बजारमा ग्यास अभाव चुलिएपछि धेरै घरधुरी र होटल व्यवसायीको चुलो बल्नै मुस्किल भएको छ ।

नेपाल आयल निगमले ग्यास आपूर्ति समस्या समाधान भइसकेको र देशभरि नियमित आपूर्ति भइरहेको दाबी गरिरहे पनि सिरहा गोलबजार, लहान लगायत मधेशस प्रदेशका विभिन्न जिल्लामा भने ग्यास अभाव कायमै रहेको व्यवसायीहरूको गुनासो गरेका छन् । विशेषगरी होटल व्यवसायीहरू ग्यास नपाउँदा सञ्चालनमै संकट परेको बताउँछन् ।

सिरहा गोलबजार नगरपालिका–६ स्थित ओसिस क्याफेका सञ्चालक मनोज मगरका अनुसार बजारमा खाना पकाउने ग्यास पाउन निकै कठिन भएको छ ।

‘अस्ति भर्खरै एक हप्तापछि हाम्रो पालो आयो र होटलका लागि दुइटा सिलिन्डर ल्यायौ,’ मगरले भने, ‘अहिले एउटामात्र स्टकमा छ, भोलि के हुने हो थाहा छैन ।’

सरकारले ग्यास पर्याप्त रहेको बताए पनि बजारमा भने ग्यास पाउनै मुस्किल भएको उनको भनाइ छ । यही अवस्था जारी रहे होटल नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उनको दु:खेसो छ ।

सोही वडामा रहेको एफसी होटलका म्यानेजर बैजु यादवले पनि ग्यास अभावकै कारण होटल सञ्चालन गर्न कठिन भएको बताए ।

उनका अनुसार बजारमा ग्यास सजिलै पाइँदैन । सिलिन्डर एक हप्ता अगावै पसलमा जम्मा गर्नुपर्छ, अनि पालो आएपछि मात्रै ग्यास पाइन्छ । होटलमा करिब १० कर्मचारी कार्यरत रहेको बताउँदै उनले होटल बन्द भए उनीहरूको तलबभत्ता कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको बताए ।

सोही होटलमा खाना पकाउने काम गर्ने राजन अधिकारीका अनुसार ग्यास अभावले मजदुरहरूको रोजगारीमै असर पर्ने अवस्था आएको छ ।

‘ग्यास नपाए होटल बन्द हुन्छ, होटल बन्द भयो भने हाम्रो रोजगारी बन्द हुन्छ, रोजगारी नै नभए हाम्रो घर कसरी चल्छ ?,’ उनले भने ।

त्यस्तै लहानस्थित महाराजा रेस्टुरेन्टका सञ्चालक पिन्टु राउतले पनि ग्यास पाउन निकै कठिन भएको बताए । उनका अनुसार होटल सञ्चालनका लागि गल्ली–कुचीका पसलहरू धाएर दुइटा ग्यास सिलिन्डर जुगाड गर्नुपरेको थियो ।

‘बजारमा ग्यास पाउनै मुस्किल छ, हाम्रो होटलमा ९ जना स्टाफ छन्, होटल बन्द भयो भने उनीहरू बेरोजगार हुन्छन्,’ राउतले भने, ‘बजारमा कतिपय पसलेहरूले ग्यासको कालोबजारी गरिरहेका छन् ।’

उनका अनुसार ग्यास अभावबारे पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै पहल नभएको भन्दै उनले सम्बन्धित निकाय मौन रहेको गुनासो गरे ।

गोलबजार नगरपालिका–६ मा रहेको पावन मिथिला थालीका सञ्चालक ललिता श्रेष्ठले पनि ग्यास अभावले होटल सञ्चालनमा समस्या भएको बताइन् ।

‘हिजोमात्र खाना पकाउने बेलामै ग्यास सकियो, बजारभरि घुमेँ तर ग्यास कतै पाइएन,’ उनले भनिन्, ‘ग्यास नपाउँदा होटलमा आएका ग्राहक पनि फर्केर गए ।’

उनका अनुसार ग्राहक फर्केपछि आम्दानी समेत प्रभावित भएको छ । ‘अब त होटल बन्द गरेर गाउँ फर्किएर बस्नुपर्छ कि जस्तो लाग्न थालेको छ, जसोतसो बजारबाट एउटा–दुइटा सिलिन्डर खोजेर ल्याएर होटल चलाइरहेकी छु,’ उनले भनिन् ।

होटल व्यवसायीहरूका अनुसार बजारमा तत्काल ग्यास आपूर्ति सहज नबनाइए धेरै होटल बन्द हुने र त्यसले सयौँ मजदुरको रोजगारी प्रभावित हुने अवस्था आउन सक्ने छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?