+
+
Shares

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते ९:१४

१ चैत, सर्लाही । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार राति विराटनगरबाट काठमाडौं जाँदै गरेको लु.प.०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भई हाल लालबन्दी–१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।

गम्भीर घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बससहित चालक दाङको तुल्सीपुर नगरपालिका–९ बस्ने ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

-अमलेश शर्माबाट

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?