+
+
Shares

श्रीलंकाले आफ्नो विमानस्थलमा अमेरिकी लडाकु विमान अवतरणकाे अनुमति दिएन

उनले कुनै पनि पक्षलाई सहयोग पुग्ने खालका सैन्य गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पारे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १८:५३

६ चैत, काठमाडौं । श्रीलंकाले आफ्नो विमानस्थलमा लडाकु विमान अवतरण गर्न गरेको अमेरिकाको अनुरोध अस्वीकार गरेको जनाएको छ । शुक्रबार श्रीलंकाको संसद्मा राष्ट्रपति अनुरा दिसानायकेले आफ्नो देश तटस्थ नीतिलाई कडाइका साथ पालन गर्ने बताउँदै अमेरिकाको अनुरोध अस्वीकार गरेको बताएका छन् ।

श्रीलंकन सञ्चार संस्था डेली मिररको समाचारअनुसार श्रीलंकासँग इरानले तीनवटा जहाज सद्भावना भ्रमणका लागि आउन अनुरोध गरेको र अमेरिकाले मत्ताला विमानस्थलमा आफ्ना दुई लडाकु विमान अवतरण गर्न अनुरोध गरेका थिए । ती दुवै प्रस्ताव अस्वीकार गरेको कुरा राष्ट्रपति दिसानायकेले संसदलाई जानकारी दिएका हुन् ।

‘श्रीलंकाले अमेरिका र इरान दुवैको अनुरोध अस्वीकार गर्दै तटस्थता कायम राखेको छ,’ दिसानायकेले भनेका छन् । उनले कुनै पनि पक्षलाई सहयोग पुग्ने खालका सैन्य गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पारे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?