News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जेठमा बालेन शाहलाई प्रधानमन्त्री बनाउने तयारी गरिरहेको छ र विधान संशोधन आवश्यक नपर्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।
- रास्वपाले हाल २२ मन्त्रालयलाई घटाएर १८ मन्त्रालयमा सीमित गर्ने गृहकार्य गरिरहेको छ र केही मन्त्रीले दोहोरो जिम्मेवारी पाउने सम्भावना छ।
- संसदीय दलको नेता चयनका लागि १२ जेठमा बैठक बस्ने र १३ जेठमा सबै मन्त्रीले सँगै सपथ लिने तयारी भइरहेको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको गृहकार्यमा व्यस्त छ । बालेनलाई प्रधानमन्त्री बनाउने बेला विधान संशोधन गर्न नपर्ने रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् ।
उनका अनुसार विधान संशोधन नगरी बरिष्ठ नेता बालेन शाहले १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भइरहेको छ । त्यही दिन सानो आकारको मन्त्रिपरषद पनि गठन गर्ने गृहकार्य भइरको छ । हाल कायम २२ मन्त्रालयलाई घटाएर बढीमा १८ वटा बनाउने प्रयासमा रास्वपा छ ।
यसै सन्दर्भमा रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीसँग अनलाइनखबरले गरेको कुराकानी–
सानो आकारको मन्त्रिपरिषद बनाउने गृहकार्यमा व्यस्त हुनुहुन्छ क्यारे । कति मन्त्रालय बनाउने हुनुभयो ?
मन्त्रालय कसरी कम गर्ने भन्ने गृहकार्य गरिराखेका छौं । हाम्रो वाचा पत्रमा १८ छ । त्यही १८ को सेरोफेरोमा कसरी मिलाउने भन्नेमा आन्तरिक कामहरू गरिराखेका छौं ।
त्यसमा मन्त्रालय गाँभ्ने कि एउटालाई डबल जिम्मेवारी दिने, के गर्ने ?
यो भनेको मन्त्रालय हो । मन्त्रालयले हेरिराखेको विभागहरू, कार्य क्षेत्रहरू कुन चैं अर्को मन्त्रालयमा …..। अहिले २२–२३ वटा मन्त्रालय छ । २२–२३ बाट १८ मा झार्दा कुन मन्त्रालय हटाउने र त्यो मन्त्रालयको क्षेत्राधीकार कुन मन्त्तालयमा सार्दा उपयुक्त हुन्छ भन्ने हिसाबको गृहकार्य गरिराखेका छौं ।
ठ्याक्कै टुंगिएको छैन तर सेरोफेरोमा १८ वटा जति मन्त्रालयमा झार्ने भन्ने हो ।
१५ मन्त्रालय भन्ने आइरहेको छ नि ?
कोसिस त अझै डाउन साइज गर्ने भन्ने नै हो । तर, अहिलेको हिसाबले १८ वटा जति मन्त्रालय/मन्त्रीको संख्या । बरू १८ मन्त्रालय भयो भने कुनै मन्त्रीले दुई वटा मन्त्रालयहरू पनि सम्हाल्ने गरी मन्त्रीहरू कम गर्दा राम्रो हुन्छ भन्ने सुझावहरू छ ।
ए, दोहोरो जिम्मेवारी दिने ?
त्यो सुझावहरू छ । त्यसैमा गृहकार्यहरू चलिरहेको छ । टुंगिएको छैन ।
मन्त्रालय टुंगिएको कुरा आइरहेको छ नि ? छ र ?
मन्त्रालय टुंगिएको छैन । यो त गृहकार्यमै छ । जस्तो मन्त्रालय १८ बनाऔं भनेर मैले राखेको हुँला । त्यस्तै अर्को नेताले अथवा अर्को ठाउँबाट १८ वटा यो–यो हुन सक्छन् भन्ने लागेको होला । भनौं न सामूहिक रूपमा कामहरू टुंगिएको छैन ।
व्यक्तिगत रूपमा आफूले गर्ने गृहकार्यहरू यो–यो भन्ने टुंगिए पनि सामूहिक रूपमा टुंगिएर निर्णयार्थ अहिलेसम्म पेस भएको छैन ।
त्यसो भए मन्त्रालयहरू टुंगिसकेको भन्ने कुरा होइन ?
पार्टीको संयन्त्रमा औपचारिक रुपले टुंगिएको छैन ।
होइन, व्यक्तिगत जिम्मेवारीको कुरो ?
जिम्मेवारी पनि त्यस्तो टुंगिएको छैन । टुंगिदा एकैचोटि टुंगिन्छ । यो पटक–पटक गरेर ल ४ वटा यो भयो, ६ वटा यो भयो भन्ने हिसाबमा हुँदैन । टुंगिदा एकैचोटि ल १५ जना यी साथीहरू जाने अथवा १८ जना यो–यो साथीहरू जाने भन्ने टुंगिन्छ ।
अहिले भनेको प्रस्तावमात्रै हो । अहिले भएको प्रस्तावको गृहकार्य मात्रै हो । टुंगिएको छैन ।
१३ गते सबै मन्त्रीहरूले सँगै सपथ लिनुहुन्छ ?
१३ गते सकभर सबैले सपथ लिने गरी तयारी गर्नुपर्छ भन्ने सोच छ । किन ढिलो गर्ने ? १३ गते प्रधानमन्त्रीको सपथ भएपछि १३ गते सकिन्छ भने मन्त्रीहरूको सपथ पनि त्यही बेला गरौं भन्ने सोचमा गृहकार्य चाहिँ छ ।
संसदीय दलको नेता चयनका लागि दलको बैठक, केन्द्रीय समिति बैठकको तयारी के छ ?
त्यो चाहिँ १२ गते सांसदहरुको सपथ पछाडि बैठक बस्ने गरी कामहरू गरिराखेका छौं । सपथ पछाडि संसदीय दलको बैठक बस्ने गरी तयारी गरिराखेका छौं ।
विधान संशोधन पनि गर्न लाग्नुभएको हो र ?
राजनीतिक सहमतिबाटै यहाँसम्म धेरै चिज पुगेको कारणले दलको नेताका लागि विधान संशोधन गर्नुपर्ने देखिँदैन । यसैका लागि संशोधन पर्दैन । अरु कुराहरूका लागि संशोधन गर्न सकिन्छ । यसलाई राजनीतिक सहमतिले अलरेडी ओभर रुल गरिसकेको छ । त्यही सहमतिको अनुमोदन पनि केन्द्रीय समितिले गरेको कारणले गर्दा त्यसैलाई आधार बनाएर अरु कामहरू गर्ने तयारीमा छौं ।
प्रतिक्रिया 4