+
+
Shares

कपालमा तेल लगाउने सही समय कहिले ?

धेरै मानिसहरूको बानी हुन्छ, नुहाएलगत्तै भिजेको कपालमा तेल लगाउने । तर यो बानी सही होइन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १९:०४

कपालमा तेल लगाउनु केवल परम्परागत अभ्यास मात्र होइन, यो वैज्ञानिक रूपमा पनि लाभदायक मानिन्छ । तेलले कपालको जरालाई पोषण दिन्छ, स्काल्पलाई मुलायम बनाउँछ र रक्तसञ्चार सुधार गरेर कपालको वृद्धि बढाउन मद्दत गर्छ ।

तर, यी सबै फाइदा प्राप्त हुन तेल लगाउने उचित समय थाहा हुनुपर्छ ।

तेल कति बेला लगाउने ?

कपालमा तेल लगाउने सबैभन्दा राम्रो समय नुहाउनुअघि हो । जब तपाईं नुहाउनुभन्दा ३० मिनेटदेखि १ घण्टा अघि कपालमा तेल लगाउनुहुन्छ, यसले कपाललाई स्याम्पु र पानीको सुक्खापनबाट जोगाउँछ ।

स्याम्पुमा रहेका केमिकलहरूले कपालको प्राकृतिक तेल हटाउन सक्छन्, तर नुहाउनुअघि तेल लगाउँदा कपालमा एक प्रकारको सुरक्षा तह बनाउँछ । साथै, तेल मसाज गर्दा टाउकोमा रक्तसञ्चार बढ्छ, जसले कपालको जरा बलियो बनाउँछ ।

नुहाएपछि तेल लगाउनु कति उपयुक्त ?

धेरै मानिसहरूको बानी हुन्छ, नुहाएलगत्तै भिजेको कपालमा तेल लगाउने । तर, यो बानी सही होइन । भिजेको कपाल कमजोर हुन्छ र त्यतिबेला तेल लगाउँदा धुलो र फोहोर सजिलै टाँसिन सक्छ ।

साथै, तालु सुख्खा भई ड्यान्ड्रफ (चायाँ) वा फंगल संक्रमण हुने सम्भावना बढ्छ । नुहाएपछि यदि कपाल धेरै सुख्खा छ भने तेलको सट्टा हल्का हेयर सिरम, एलोभेरा जेल वा लिभ–इन कन्डिसनर प्रयोग गर्नु राम्रो हुन्छ । यसले कपाललाई नरम बनाउँछ ।

सही समय जत्तिकै महत्वपूर्ण हुन्छ, सही तरिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । धेरैले तेल हालेर छिटो–छिटो मसाज गर्छन्, तर यसले खासै फाइदा दिँदैन ।

कपालमा तेल लगाउने सही तरिका

–तेललाई हल्का मनतातो बनाउनुहोस् । यसले स्काल्पमा सजिलै सोसिन्छ ।

–औँलाको टुप्पो प्रयोग गरेर बिस्तारै मसाज गर्नुहोस्, नङ प्रयोग नगर्नुहोस् ।

–गोलाकार गतिमा ५–१० मिनेट मसाज गर्दा रक्तसञ्चार बढ्छ ।

–कपालको लम्बाइमा पनि हल्का तेल लगाउनुहोस् ।

–धेरै तेल प्रयोग नगर्नुहोस्, मध्यम मात्रा नै पर्याप्त हुन्छ ।

कुन तेल कपालका लागि राम्रो हुन्छ ?

कपालको समस्या र प्रकारअनुसार फरक–फरक तेल प्रयोग गर्न सकिन्छ ।

नरिवल तेल – कपाललाई गहिरो पोषण दिन्छ र सुख्खापन हटाउँछ ।

बदाम तेल : भिटामिन ‘इ’ ले भरिपूर्ण, कपाललाई चम्किलो बनाउँछ ।

अमला तेल : कपाल झर्न कम गर्छ र समयअघि सेतो हुनबाट जोगाउँछ ।

अरगन तेल : ड्राइ र ड्यामेज कपालका लागि निकै उपयोगी हुन्छ ।

केवल तेल लगाएर मात्र कपाल स्वस्थ हुँदैन । दैनिक जीवनशैली पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसका लागि प्रोटिन, भिटामिन र मिनरल्सयुक्त खाना खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । यसले कपाललाई भित्रबाट हाइड्रेट राख्छ ।

कति पटक तेल लगाउने ?

सामान्यतया हप्तामा २–३ पटक तेल लगाउनु पर्याप्त हुन्छ । यदि तपाईंको स्काल्प धेरै ड्राइ छ भने ३–४ पटक पनि लगाउन सकिन्छ । तर अत्यधिक तेल लगाउँदा कपाल चिप्लो हुने, धुलो टाँसिने र स्काल्पमा अवरोध हुने समस्या आउन सक्छ, त्यसैले सन्तुलन आवश्यक छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?