News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले महोत्तरीको गौशाला नगरपालिकामा रहेको निगौल गाई गौशालाको निरीक्षण गरेकी छिन्।
- उनले गाईको संरक्षण र रोजगारी सृजना गर्न गाई गौशालालाई उद्योगका रूपमा विकास गर्न सुझाव दिइन्।
- प्रधानमन्त्री कार्कीले गाईमाथि कुनै पनि किसिमको शोषण हुन नदिन र गाईको सेवा गर्न सबैलाई आग्रह गरिन्।
६ चैत, जलेश्वर (महोत्तरी) । प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई गौशालाको निरीक्षण गरेकी छिन् ।
आज दिउँसो महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुर टोलमा अवस्थित निगौल गाई गौशालाको निरीक्षण गरेकी हुन् ।
गाई गौशालाको निरीक्षणपछि प्रधानमन्त्री कार्कीले समयसमयमा यहाँका गाईको अवस्था दयनीय रहेको गुनासा उठ्दै आएको कुरालाई सम्झँदै गाईको संरक्षण गर्न, गाईको सेवा गर्न र गाई गौशालालाई रोजगारीको अवसरका रूपमा संरक्षण गर्न सुझाव दिइन् ।
उनले हिन्दू धर्ममा गाईलाई आमा मानिने गरिएकाले गाईमाथि कुनै पनि किसिमको शोषण हुन नदिन तथा यस गौशालालाई उद्योगका रूपमा विकास गरेर रोजगारी सृजना गर्न सल्लाह दिइन् ।
‘हामी हिन्दूले चरा, मुसो, उल्लु सबैलाई पूजा गर्छौँ र श्वास भएका जीवजन्तुलाई सेवा गर्छौँ,सबैले मिलेर गाईको सेवा गर्नुपर्छ,’ उनले भनिन् ।
उनले मैथिली भाषामा बोलेर गाईको सेवा गर्न स्थानीयलाई सम्बोधन गरेकी थिइन् ।
महोत्तरीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रमोद महतोलाई यस गौशालाको समस्या समाधानका लागि पहल गर्न आग्रह गरे ।
प्रतिक्रिया 4