+
+
Shares

सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी

कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलका अनुसार, अहिले कार्कीसँग कुनै पनि सरकारी गाडी छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार दिउँसो सरकारी गाडी फिर्ता गरेकी छिन्।
  • कार्कीले प्रयोग गरेको गाडीमा समस्या र अत्यधिक इन्धन खर्च देखिएपछि गाडी फिर्ता गरिएको हो।
  • प्रेस सल्लाहकार राम रावलका अनुसार कार्कीसँग अहिले कुनै पनि सरकारी गाडी छैन।

२५ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारी गाडी फिर्ता गरेकी छिन् ।

उनले शुक्रबार दिउँसो गाडी फिर्ता गराएकी हुन् । कार्कीले प्रयोग गर्दै आएको गाडीमा समस्या आइरहेको र अत्यधिक इन्धन लाग्ने देखिएपछि गाडी फिर्ता गरिएको हो ।

कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलका अनुसार, अहिले कार्कीसँग कुनै पनि सरकारी गाडी छैन ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा पाएको गाडीबारे भने कार्कीले चासो राखेकी छिन् ।

‘सर्वोच्च हुँदा नै उनले पाएको गाडी चाहिँ कहाँ छ ? भनेर उहाँले चासो राख्नुभएको थियो,’ रावलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?