+
+
Shares

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको माउन्ट डुकोनो ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएका छन्।
  • बेपत्ता हुनेहरूमा नौ जना सिङ्गापुरका नागरिक रहेका छन् र विस्फोटले करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धुवाँ फैलिएको छ।

इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको ‘माउन्ट डुकोनो’ ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएको उद्धार अधिकारीलाइ उदृत गर्दै एएफपीले जनाएको छ ।

अधिकारीका अनुसार बेपत्ता हुनेहरूमा नौ जना सिङ्गापुरका नागरिक रहेका छन् भने विस्फोट हुँदा करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धुवाँ धुलो फैलिएको छ ।

उद्धार टोली उद्धारका लागि तैनाथ रहेको उल्लेख गर्दै अधिकारीले घाइते व्यक्तिहरू बारे अझै पुष्टि नभएको बताएका छन् ।

रिपोर्टका आधारमा बेपत्ता भएका २० जनाको खोजी भइरहेको स्थानीय उद्धार अधिकारी इवान रामदानीले पुष्टि गरे ।

वैज्ञानिकहरूले पछिल्लो समयमा इन्डोनेसियामा ज्वालामुखीका गतिविधि वृद्धि भएको चेतावनी दिएपछि १७ अप्रिलदेखि यो क्षेत्र आगन्तुकहरूका लागि बन्द गरिएको भएता पनि बेपत्ताहरू सबै पर्वतारोहीहरू रहेको उनले बताए ।

इन्डोनेसियको भू–विज्ञान विधागका प्रमुख लाना सारियाले विस्फोटले उत्तरी मालुक प्रान्तको माउन्ट डुकोनोको शिखरबाट करिब १० किलोमिटर टाढाको क्षेत्र सम्म प्रभाव गरेको पुष्टि गरे ।

विस्फोटको खरानी उत्तरतर्फ धेरै फैलिएको उल्लेख गर्दै यस तर्फका आवासीय क्षेत्रमा सतर्कता अपनाउनु आवश्यक रहेको उनले बताए ।

इन्डोनेसिया एक विशाल द्वीपसमूहहरूको राष्ट्र र यसको भौगोलिक स्थितिको कारण बारम्बार भूकम्पीय तथा ज्वालामुखी गतिविधिको सामना गर्ने गरेको जनाइएको छ ।

माउन्ट डुकोनो हाल इन्डोनेसियाको चेतावनी प्रणालीको तेस्रो–उच्च सतर्कता स्तरमा रहेको जनाइएको छ ।

गत डिसेम्बरदेखि सेन्टर फर भोल्कानोलोजी एन्ड जियोलोजिकल हजार्ड मिटिगेसन (पीभीएमबीजी) ले पर्यटक तथा पर्वतारोहीलाई ज्वालामुखीको चार किलोमिटर भित्रमा नआउन सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?