News Summary
Generated by OK AI. Editorially reviewed.- गायक रामकृष्ण ढकालले प्रहरीको केन्द्रीय साइबर ब्युरोमा विद्युतीय माध्यमबाट गालीगलौज गरिएको उजुरी दिएका छन्।
- प्रहरी प्रवक्ता एसपी दिलिप कुमार गिरीले उजुरी आएको पुष्टि गरेका छन्।
- उजुरीमा गाली गर्ने व्यक्तिको नाम नभए पनि सामाजिक सञ्जालको लिंक समावेश गरिएको छ।
२५ वैशाख, काठमाडौं । गायक रामकृष्ण ढकालले प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी दिएका थिए ।
ब्युरोका प्रवक्ता तथा एसपी दिलिप कुमार गिरीले उजुरी आएको पुष्टि गरे । उनका अनुसार विद्युतीय माध्यमबाट आफूमाथि गालीगलौज गरिएको भन्दै ढकालले उजुरी दिएका छन् ।
उजुरीमा व्यक्ति तोकिएको छैन, तर गाली गरेकाहरुको सामाजिक सञ्जालको लिंक समावेश गरेर उजुरी दिइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4