News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'मालती मंगले'ले नयाँ वर्षको अवसरमा भक्तपुरमा प्रचारप्रसार अभियान सुरु गरेको छ।
- गायक रामकृष्ण ढकाल र गायिका ऋतिका श्रेष्ठले महोत्सवमा फिल्मको हिट गीत 'ढुंगामाथी लेउ' प्रस्तुत गरे।
- निर्देशक प्रकु पाण्डेयले लेखेको कथामा निर्मित फिल्मले विर्तामोड, इटहरी, नेपालगञ्ज, पोखरा र चितवनमा प्रचार कार्यक्रम गर्नेछ।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘मालती मंगले’ले प्रचारप्रसार अभियान थालेको छ । नयाँ वर्षको अवसर पारेर भक्तपुरमा आयोजित महोत्सवमा फिल्म युनिट पुगेको थियो, जहाँ हजारौँ दर्शकले चलचित्रप्रति उत्साह जनाए ।
महोत्सवमा गायक तथा निर्माता रामकृष्ण ढकाल, कमेडियन तथा अभिनेता मेक्सम गौडेल, गायिका ऋतिका श्रेष्ठ र कार्यकारी निर्माता सागर ज्ञवाली सहभागी थिए ।
कार्यक्रममा गायक ढकाल र गायिका श्रेष्ठले फिल्मको हिट गीत ‘ढुंगामाथी लेउ’मा बेजोड सांगीतिक प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध तुल्याए । कलाकार गौडेलले परिचित कमेडी शैलीमा प्रचार गर्दै माहोल तताए ।
गायक ढकालले आफ्नै होम प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । यो फिल्मको प्रचारमा उनी गीत गाउँदै सहभागी भएका हुन् । सो अवसरमा टिजर प्रदर्शन गरिएको थियो । अन्य दुई कलाकार विजय बराल र वर्षा राउत कार्यक्रममा सहभागी नभएपनि मुलुकका अन्य थलोमा हुने कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
प्रकु पाण्डेय निर्देशित फिल्मले विर्तामोड, इटहरी, नेपालगञ्ज, पोखरा र चितवनमा पनि प्रचार कार्यक्रम गर्दैछ । यो फिल्मलाई रानी फिल्म्सको ब्यानर र युनी इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो ।

कथा स्वयं निर्देशक पाण्डेयले नै लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको छ । दर्शकमाझ फिल्मका दुई गीत ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ चर्चामा छन् ।
नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईको पनि अभिनय छ ।
बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताको रूपमा छन् ।
प्रतिक्रिया 4