Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'मालती मंगले'को ट्रेलर सोमबार युट्युबमा सार्वजनिक भएको छ।
- ट्रेलरले परिवार र सामाजिक कथामा आधारित प्रेम कथा र पारिवारिक खटपट प्रस्तुत गरेको छ।
- फिल्म २५ वैशाखदेखि प्रदर्शनमा आउँदैछ र आरआर फिल्म्सले वितरण गर्नेछ।
काठमाडौं । विजय बराल, मेक्सम गौडेल र वर्षा राउतको शीर्ष अभिनय रहेको फिल्म ‘मालती मंगले’को ट्रेलर युट्युबमा सोमबार सार्वजनिक भएको छ ।
ट्रेलरले यो फिल्म परिवार र सामाजिक कथामा आधारित रहेको बुझ्न सकिन्छ । मालती (वर्षा राउत) र मंगले (विजय बराल) बीचको प्रेम कथा, उनीहरूको सम्बन्धमा आउने दरार र पारिवारिक खटपटलाई प्रस्तुत गरिएको छ ।
गौडेललाई हरि नामक खलपात्रमा देखाइएको छ । ट्रेलरमा समावेश चर्चित गीतहरू ’झ्याम पारम’ र ’सुनैको सपनी’का केही आकर्षक अंश पनि समावेश गरिएका छन् ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईंले लेखेका हुन् । फिल्ममा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङको पनि अभिनय छ ।
यो फिल्म २५ वैशाखदेखि प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4