+
+
Shares

‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते २०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रामकृष्ण ढकालको निर्माण रहेको फिल्म 'मालती मंगले' को शीर्ष गीत 'सुनैको सपनी' युट्युबमा रिलिज भएको छ।
  • निर्माता ढकालले फिल्म राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाटकमा आधारित नभई सामाजिक प्रेमकथा भएको स्पष्ट पारे।
  • फिल्मको प्रदर्शन मिति २५ बैशाख २०८३ (८ मे २०२६) तोकिएको छ।

काठमाडौं । गायक समेत रहेका रामकृष्ण ढकालको निर्माण रहेको फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ युट्युबमा रिलिज भएको छ ।

रानी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द, उज्ज्वल सागरको सङ्गीत, ढकाल स्वयम र रचना रिमालको स्वर समावेश छ ।

गीत सार्वजनिक गर्न आयोजित कार्यक्रम यतिबेला मर्मस्पर्शी देखियो जतिबेला गायक ढकालले सङ्गीतकार सागरलाई आफ्नो हस्ताक्षरसहितको गिटार उपहारस्वरूप प्रदान गरे । सम्मानस्वरूप दिइएको गिटार ग्रहण गर्दै सङ्गीतकार सागरले टिमसँग जोडिएर काम गर्न पाउँदा आफू निकै उत्साहित रहेको बताए ।

कार्यक्रममा बोल्दै निर्माता ढकालले फिल्मको नाम सुन्दा धेरैलाई यो राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीति नाटकमा आधारित हो कि भन्ने लाग्न सक्ने भन्दै त्यसलाई प्रस्ट पारे ।

उनले भने, ‘यो चलचित्र राष्ट्रकविको नाटकमा आधारित होइन । हाम्रै वरपर रहेको तर त्यो दृष्टिकोणबाट नहेरिएको एउटा सामाजिक प्रेमकथा हो । कथा मात्र नभएर साङ्गीतिक प्रेमकथा पनि भन्न सकिन्छ यसलाई ।’

गीतकार आनन्द अधिकारीले गीतको भाव प्रस्ट्याउँदै भने, ‘यस गीतमा गरिबले पनि कसरी प्रेम गर्न सक्छन् भन्ने बुझाउन खोजेको छु । यो मायाको भन्दा पनि प्रेमको गीत हो । प्रेमको लागि कुनै स्वार्थ वा आवश्यकता हुँदैन भन्ने भावमा मैले यो गीत लेखेको हुँ ।’

गायिका रिमालले स्वर रेकर्ड गर्नका लागि निर्माता ढकालले लामो समय पर्खिएको भन्दै आश्चर्य र कृतज्ञता व्यक्त गरिन् । आफ्नो पहिलो निर्देशकीय फिल्ममा विश्वास गरेकोमा निर्देशक प्रकु पाण्डेयले ढकालप्रति आभार प्रकट गरे ।

यसअघि नै पोस्टर सार्वजनिक भइसकेको छ, जसमा विजय बराल र वर्षा राउतलाई आत्मीय र प्रेमिल मुद्रामा देखाइएको छ । सार्वजनिक गीतले पनि सोही भावलाई निरन्तरता दिएको छ ।

फिल्ममा मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईको पनि अभिनय छ ।

‘मालती मंगले’ को प्रदर्शन मिति २५ बैशाख, २०८३ (८ मे, २०२६) हुने तयारीमा छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?