+
+
Shares

दाङको गढवामा भेटियो विषालु सर्प राज गोमन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वकै सबैभन्दा ठूलो विषालु सर्प राज गोमन गढवामा पहिलो पटक भेटिएको छ।
  • सर्प उद्धारकर्ता शिवु खनालले लक्षिनपुरस्थित सुशीला गुरुङको घरबाट सर्प उद्धार गरेका थिए।
  • सर्पलाई जीवितै नियन्त्रणमा लिएर लमही नगरपालिका–५ अजम्मरी सामुदायिक वनमा छाडिएको छ।

४ वैशाख, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो विषालु सर्प मानिने राज गोमन गढवामा पहिलो पटक भेटिएको छ । गढवा गाउँपालिका–७ लक्षिनपुर निवासी सुशीला गुरुङको घरमा सर्प फेला परेको हो । सर्प उद्धारकर्ता शिवु खनालले बुधबार राति ८ बजे उक्त घरबाट सर्प उद्धार गरेका थिए ।

सर्प भेटिएपछि डिभिजन वन कार्यालय देउखुरीमा खबर गरिएको थियो । त्यसपछि सर्प उद्धारकर्मी खनालको नेतृत्वमा दुईजना वन कर्मचारी घटनास्थल पुगका थिए । एक घण्टाको प्रयत्नपछि सर्पलाई जीवितै नियन्त्रणमा लिइएको खनालले जानकारी दिए ।

उद्धारपछि सर्पलाई लमही नगरपालिका–५ अजम्मरी सामुदायिक वनमा ल्याएर छाडियो । उद्धारकर्ता खनालका अनुसार सर्पको तौल करिब ८ किलो र लम्बाई १० फिट रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?