News Summary
Generated by OK AI. Editorially reviewed.- मनाङबाट थोरङलापास हुँदै मुस्ताङतर्फ आउँदै गरेका दुई भारतीय पदयात्रीलाई हिमपातमा फसेपछि सेना र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ सकुशल उद्धार गरेको छ।
- उद्धार गरिएका पदयात्री भारतको केरला बस्ने २९ वर्षीय फानिक टोनी र ३० वर्षीय मित्र बिन्दु हुन्, जो बारागुङ मुक्तिक्षेत्र–२ स्थित चिसापानीमा अलपत्र परेका थिए।
- संयुक्त उद्धार टोलीले हिमपात भइरहेको बारागुङ मुक्तिक्षेत्र–१ थोरङ्लापासको तल्लो क्षेत्र ड्रम क्याम्पबाट साँझ करिब ८:०० बजे उनीहरूलाई फेला पारी उद्धार गरेको नेपाली सेनाको इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले जानकारी दिए।
२४ वैशाख, मुस्ताङ । हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ ।
मनाङबाट थोरङलापास गरी मुस्ताङतर्फ आउँदै गरेका उनीहरुको सेना र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ सकुशल उद्धार गरेको हो ।
बुधबार मध्याह्न बारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ र थोरङलापास क्षेत्रमा हिमपात भएको थियो । भारतको केरला बस्ने २९ वर्षीय फानिक टोनी र ३० वर्षीय मित्र बिन्दु हिमपातका कारण बारागुङ मुक्तिक्षेत्र–२ स्थित चिसापानी भन्ने स्थानमा पदमार्ग पहिल्याउन नसकी अलपत्र परेका थिए ।
उनीहरूको बुधबार साँझ उक्त स्थानबाट सकुशल उद्धार गरिएको नेपाली सेनाको इन्द्रबक्स गणले जनाएको छ ।
यसअघि राउण्ड अन्नपूर्ण चर्कीय पदमार्गअन्तर्गत मनाङदेखि थोरङपास हुँदै मुस्ताङ प्रवेश गर्दै गरेका भारतीय दुई पदयात्री हिमपातका कारण पदमार्ग पहिल्याउन नसकी अलपत्र परेको सूचना भारतीय पदयात्री मित्र बिन्दुद्वारा जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई जानकारी गराइएको थियो ।
संयुक्त उद्धार टोलीले हिमपात भइरहेको स्थान बारागुङ मुक्तिक्षेत्र–१ थोरङ्लापासको तल्लो क्षेत्र ड्रम क्याम्पबाट साँझ करिब ८:०० बजे फेला पारी सकुशल उद्धार गरेको इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले जानकारी दिए । रासस
प्रतिक्रिया 4