+
+
Shares

फेवातालमा फसेका ११ जनाको उद्धार

पोखराको फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको उद्धार गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखराको फेवातालको बीच भागमा अलपत्र परेका ११ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ।
  • उद्धार टोलीमा सहायक निरीक्षक विशाल घर्ती मगरको कमाण्डमा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको थियो।
  • उद्धार गरिएकाहरुमा तनहुँ, पोखरा, म्याग्दीका स्थानीय र भारतको नयाँ दिल्लीका नागरिक रहेका छन्।

२२ चैत, काठमाडौं । पोखराको फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको उद्धार गरिएको छ । आज आइतबार दिउँसो हावाहुरी आएसँगै तालको बीच भागमा अलपत्र परेका ११ जनाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

उनीहरु तालमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घर्ती मगरको कमाण्डको टोलीले सकुशल उद्धार गरेको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार गरिएकाहरुमा तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने १९ वर्षीय सागर भुजेल, २० वर्षीय सुमन चौधरी, पोखरा महानगरपालिका–३३ बागमारा बस्ने २१ वर्षीया सलिना पुन, म्याग्दी जिल्लाको अन्नपूर्ण–३ बाग्लुङ बस्ने २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमीना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षिया संजिता मगर, १९ वर्षीया रिया मगर, भारतको नयाँ दिल्ली घर बताउने २८ वर्षीय आयान, २८ वर्षिय अश्लाम र २६ वर्षीय स्याडब रहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?