+
+
Shares

कम्बोडियाबाट ७ नेपालीको उद्धार

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा आज ७ जनलाई नेपाल फर्काइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कम्बोडियामा बिनभिसा बसिरहेका ७ जना नेपालीलाई बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघसँग सहजीकरणमा उद्धार गरी नेपाल फर्काएको छ।
  • उद्धार गरिएका नेपालीहरूलाई कम्बोडियामा अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनो अनलाइन ठगीमा गैरकानुनी काममा लगाइएको दूतावासले जनाएको छ।
  • दूतावासले अझै केही नेपाली अलपत्र रहेको र उनीहरूको पहिचान गरी नेपाल फर्काउने प्रयास भइरहेको उल्लेख गरेको छ।

२३ चैत, काठमाडौं । कम्बोडियामा बिनभिसा बसिरहेका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा आज ७ जनलाई नेपाल फर्काइएको हो ।

उद्धार गरिएकाहरूलाई त्यहाँ अवैध रुपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको पाइएको दूतावासले जनाएको छ ।

दूतावासले अझै केही नेपाली अलपत्र अवस्थामा रहेको सूचना आएको र उनीहरुको पहिचान गरी नेपाल फर्काउने प्रयास भइरहेको उल्लेख गरेको छ ।

‘कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी यस राजदूतावासलाई प्राप्त भएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा ती केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरै जनाको गुनासो आएको भनाइ दूतावासको छ ।

‘…नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानसमेत दूतावासले अनुरोध गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?