News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको छ।
- प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव नियुक्त गरेको छ।
- जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिव र अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशक नियुक्त गरिएको छ।
२४ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकको राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोकेको छ ।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुका अनुसार प्रदेश यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी अनिल मरासिनीलाई तोकिएको मन्त्री छ ।
बैठकले गुल्मी जिल्लास्थित इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ को चापटारीमा कायम गर्न सङ्घ सरकारलाई सिफारिस गरेको छ ।
यसैगरी, ‘अध्ययन पूर्वस्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4