News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धानले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा अर्को मुद्दा दायर गरेको छ।
- मुद्दा केही पूर्वमन्त्रीहरूलाई विपक्षी बनाएर विशेष अदालतमा रूजु हुने प्रक्रियामा छ।
- यसअघि पनि अख्तियारले सो भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरिसकेको छ।
२४ वैशाख, काठमाडौं । पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानले अर्को मुद्दा दायर गरेको छ ।
अख्तियार स्रोतका अनुसार, केही पूर्वमन्त्रीहरूलाई विपक्षी बनाएर दायर गरिएको मुद्दा अहिले विशेष अदालतमा रूजु हुने प्रक्रियामा छ ।
यसअघि पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो । अख्तियारले गत २१ मंसिरमा पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
त्यसपछि ८ चैतमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो ।
त्यतिबेला तत्कालीन पर्यटनसचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4