+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
९४ बलमा १०८ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
22/2 (4.2)
Shares

पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाउने निर्णय

उक्त मुद्दा लिएर अख्तियारको टोली विशेष अदालतमा छ । अख्तियारले ८ अर्ब ३६ करोड बिगो मागदाबी गर्दै मुद्दा विशेष अदालत पुर्‍याएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १४:४९

२१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

अहिले विशेष अदालतमा मुद्दा दायरको प्रक्रिया चलिरहेको अख्तियार स्रोतले जानकारी दियो । अख्तियारले तत्कालीन पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।

उक्त मुद्दा लिएर अख्तियारको टोली विशेष अदालतमा छ । अख्तियारले ८ अर्ब ३६ करोड बिगो मागदाबी गर्दै मुद्दा विशेष अदालत पुर्‍याएको हो ।

तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ ।

बोगटीको निधन भइसकेको छ । उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?