+
+
Shares

गौतमबुद्ध र पोखरा विमानस्थल नियमित सञ्चालनबारे अर्थले गर्‍यो छलफल

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित थप उपाय पहिचान गरी अघि बढ्नेबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १७:२५

१० भदौ, काठमाडौं । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेबारे अर्थ मन्त्रालयले छलफल गरेको छ ।

अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रूपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा बहस भएको हो ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहन व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित थप उपाय पहिचान गरी अघि बढ्नेबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?