+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

ग्रीसमा १८ जना आप्रवासी मृत फेला, अनुसन्धान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन्।
  • डुङ्गा इरापेट्रा शहरदेखि करिब ४८ किलोमिटर दक्षिणमा फेला परेको थियो र मृतक शव डुङ्गाभित्रै भेटिएका छन्।
  • उद्धार भएका दुई व्यक्तिले खराब मौसमका कारण घण्टौँसम्म सुरक्षित स्थान नपाई सङ्घर्ष गरेको बताएका छन्।

२१ मंसिर, एथेन्स । ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन् ।

ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुङ्गा इरापेट्रा शहरदेखि करिब (४८ किलोमिटर) दक्षिणमा फेला परेको थियो । मृतक १८ जनाको शव डुङ्गाभित्रै भेटिएको छ ।

प्रारम्भिक जानकारी अनुसार, लामो समयसम्म खराब मौसममा डुङ्गामा खुला रहँदा, खाना नपाउँदा र चिसोको असरले उनीहरूको मृत्यु भएको हुन सक्ने बताइएको छ ।

उद्धार भएका दुई व्यक्ति अधिकारीहरूलाई बताएअनुसार, खराब मौसमका कारण उनीहरू घण्टौँसम्म सुरक्षित स्थान नपाई सङ्घर्ष गर्दै थिए ।

ग्रीस तटरक्षकका अनुसार मृतक डुङ्गा फेला पर्नुअघि एक दिनभन्दा बढी समयदेखि मृतावस्थामा थिए ।

उक्त घटनाबारे ग्रीसका अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?